दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ओली सरकार दुई तिहाई उन्मुख

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठीत सरकारलाई दुई तिहाई समर्थन जुट्ने भएको छ ।  संविधान संसोधनको एजेन्डासहित नेकपा एमाले र नेपाली काँग्रेसले एमालेले समीकरण  गरेपछि प्रधानमन्त्री बन्नुभएका ओलीले साउन ६ गते आईतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । 

सरकार गठन गर्दा नै काग्रेंस– एमाले समिकरणको सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी समावेश भइसकेका छन् । 

प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभामा रहेका कांग्रेसका ८८, एमालेका ७८, जसपाको ७,लोसपाको ४ गरी १७७ सांसद्को समर्थन मिल्ने सोझे देखिएको छ । त्यसैगरी मधेशमा सरकारको नेतृत्व गरिरहेको जनमतपार्टीका ५ सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत  दिँदैछन् । कांग्रेस एमालेको समर्थनमा मधेश प्रदेशमा जनमतका सतिशकुमार सिंहले विश्वासको मत लिईसक्नुभएको छ । जनमतका ५ संघीय सांसद्ह रहेका छन् । यसरी हेर्दा ओलीको पक्षमा १ सय ८२ मत अहिले नै पुगिसकेको स्पष्ट देखिन्छ । मोरङ पाँचबाट निर्वाजित योगेन्द्र मण्डललाई समर्थन गर्ने हरियो बत्ती बालेको बताइएको छ । उता संसदमा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीले ओली सरकारलाई समर्थन गर्दैछ । त्यतिमात्रै होइन १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने भन्दै विश्वासको मत दिने संकेत दिइसकेको छ । त्यसैगरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समेत ओली सरकारलाई समर्थन गर्ने बुझिएको छ । जसपा नेपालको  पाँच सिट छ ।  

ओली सरकारलाई मत दिने की नदिने भन्ने विषयमा नेकपा एसमा समेत ठुलै हलचल मच्चिरहेको बुझिएको छ । १० सांसद्रहेको नेकपा एसका अधिकांश सांसदले ओली सरकारलाई निर्सत विश्वासको मत दिनु पर्ने दबाब बढाएपछि पार्टी अध्यक्ष माधव नेपाल तनाबमा परेको स्रोतको दाबी छ । ‘ढिलो चाँडो पार्टी एकता हुने भएकाले अहिले हामी ओली सरकारलाई विश्वासको मत दिने पक्षमा छौ’ नाम उल्लेख नगर्ने सर्तमा नेकपा एसका एक सांसद्ले चक्रपथ डटकमलाई भन्नुभयो,‘पार्टीले विश्वासको मत दिने निर्णय नगरे फ्लोरक्रसको खतरासमेत छ ।’ 
 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ७ : ०१ बजे