दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अस्पतालको तीनतला माथिबाट खसेका बिरामीको मृत्यु

चितवन । भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पताला भर्ना भएको जनाइएको छ ।

आज बिहान १०ः४० बजेको समयमा अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका खाम्चा मगर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते खाम्चा मगरको सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : २० बजे