काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
९२ वर्षीय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथ रोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छाेरी छन् ।
भाेलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएकाे छ ।
प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार १ : ४६ बजे
प्रतिक्रिया