दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट निस्क्यो धुवाँको मुस्लो

​​​​​​​काठमाडौँ । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१  ००५ -ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो ।

धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ । समयमै इन्जनमा आगो निभाएपछि सम्भावित ठुलो दुर्घटनाबाट जोगिएको र बस आगलागी हुनबाट पनि जोगिएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : ४८ बजे