साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तत्काल २० हजार अक्सिजन सिलिन्डर ल्याउन सुरकारले सुरु गर्यो तयारी

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण दर तीव्र बढेसँगै सरकारले तत्काल २० हजार वटा ठूलो अक्सिजन सिलिन्डर नेपाल ल्याउने गरी  तयारी अगाडि बढाएको छ। 

सरकारले जटिल संक्रमितका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डर खरिद गर्न लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल २० हजार वटा ठूला अक्सिजन सिलिन्डर नेपालमा ल्याउने गरी अर्थ मन्त्रालय र पराराष्ट्र मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पनि बजारमा भएसम्मका ठूला सिलिन्डरहरू व्यवस्थापन गर्न र भर्न मिल्ने खालका कन्टेनरहरू थप खरिद गर्न निर्देशन दिएको छ।

कोरोना संक्रमणको नयाँ भेरियन्टले संक्रमितहरूमा श्वासप्रश्वासको समस्या देखिने र धेरैलाई अक्सिजन सहायता पर्ने भन्दै सरकारले सो तयारी थालेको हो।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ५८ बजे