सुनको मूल्यमा नयाँ कीर्तिमान

पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्नेमा आशावादी छौँ : सुवास नेम्वाङ

फाइल तस्बिर

​​​​​​​काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आज बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सिंहदरबारमा बिहीबार दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले बिहीबार सहमतिका लागि गृहकार्य भएको र आज  बिहान ११ः३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताउनुभएको हो । 

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो । 

अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आउनुभएको छ । 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : ४४ बजे