दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भन्सार छलिका विभिन्न सामान बरामद

पर्सा – वीरगञ्ज महानगरपालिका-१९ वीरगंजबाट अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाने लागेको ना.१ त. ७०४५ नम्बरको ट्याक्टरबाट ४ हजार केजी स्याउ र ना.४ त ८५६२ नम्बरको ट्रयाक्टरबाट ६ हजार केजी केराउ बुधबार राति प्रहरीले बरामद गरेको छ ।

प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीलाई देख्नासाथ चालक उक्त ट्याक्टरहरु छोडी फरार भएश्चात उक्त स्याउ तथा केराउ बरामद गरेको हो । उक्त ट्याक्टरहरु सहित बरामद स्याउ र केराउ आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैगरी वीरगंज महानगरपालिका-८ घण्टाघरबाट भन्सार छलिका विभिन्न खुद्रा सामानहरु मंगलबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीलाई देख्नासाथ वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना.२ ख ८६१७ नम्बरको ट्रक छोडी चालक फरार भएपश्चात ट्रक जाँच गर्ने क्रममा उक्त खुद्रा सामना फेला पारी बरामद गरेको हो । ट्रक सहित बरामद सामान आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  २ : ५७ बजे