सुनको मूल्यमा नयाँ कीर्तिमान

कार्यदल बैठक : संयुक्त हस्ताक्षरमा जारी गर्ने बक्तव्यका केही बुँदामा भाषा मिलाउने काममात्रै बाँकी 

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सकिएको छ ।

एमाले वार्ता टोलीमा संस्थापनको नेतृत्व गर्नुभएका सुवासचन्द्र नेम्वाङले थप केही विषय मिलाउनुपर्ने भएकाले बैठक साँझसम्मका लागि स्थगित गरिएको बताउनुभयो। कार्यदलको बैठक साँझ ७ बजे बोलाइएको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठकअघि नेताहरुबीच अनौपचारिक छलफल भएको थियो । नेताहरु विष्णु पौडेल, भीम रावल र शंकर पोखरेलबीच एक चरणमा छलफल भएपछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो ।

एमालेका दुई शीर्ष नेताहरु अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच बिहीबार साँझ दुई घण्टा होटल मेरियटमा छलफल भएको थियो ।

नेम्वाङका अनुसार दुई शीर्ष नेताले संयुक्त हस्ताक्षरमा जारी गर्ने बक्तव्यका केही बुँदामा भाषा मिलाउने काममात्रै बाँकी रहेको बताउनुभयो । नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको र साँझ टंगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १ : ४२ बजे