‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आज थप ३ हजार ३२ जनामा कोरोनाको संक्रमण पुष्टि, २८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा पिसिआर परिक्षण गर्दा थप ३ हजार ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३ लाख ११९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ४५० जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७७ हजार ५७३ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ ।

आज थप २८ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ५९ बजे