‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानीका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।

उहाँ स्थानीय समय अनुसार बुधवार अबेर आफ्नो निवास नजिकै रहेको जेल पुग्नुभएको  उहाँको फाउन्डेसनले जनाएको छ।

बिबिसीका अनुसार दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो। अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो।

आइतवार आत्मसमर्पण गर्न अस्वीकार गरेपछि जुमालाई निश्चित समय उपलब्ध गराइएको थियो।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो। जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : ५१ बजे