‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हैटीका राष्ट्रपति मोइजेको हत्या

हैटी ।  हैटीका राष्ट्रपति जोभेनेल मोइजेको हत्या भएको छ  । निजी निवासमा बसिरहेका राष्ट्रपतिमाथि बन्दुकधारीले बुधबार बिहान १ बजे आक्रमणगरेका थिए । घटनामा राष्ट्रपतिकी पत्नी घाइते हुनुभएको छ ।  

घाइते राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हैटीका अधिकारीहरुका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो ।

स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । 

आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको  स्थानीय लोकलटेन न्यूजले जनाएको छ । 
प्रधानमन्त्री क्लाउडे जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गर्नुभएको छ । मोइजे हैटीका ४२ औं राष्ट्रपति हुनुहुन्थ्यो । 
 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : २१ बजे