सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमालेको भ्याकेट निवेदन : चार सांसदलाई फेरि म्याद जारी

​​​​​​​काठमाडौं।  ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार जोगाउने चार जना एमाले सांसदलाई सर्वोच्च अदालतले फेरि म्याद जारी गरेको छ ।

एमालेले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै अदालतले फेरि म्याद जारी आदेश गरेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फूयालको संयुक्त इजलासले यसअघि म्याद जारी गरेको थियो । तर, उक्त म्यादमा चारै जना उपस्थित हुन नसकेपछि पुनः म्याद जारी गरेको हो ।

आज न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र नहकुल केसीको इजलासले पुनः म्याद जारीको आदेश गरेको हो ।

यसअघि सर्वोच्च अदालतले ती चार सांसदमाथि गरेको कारवाहीलाई मान्यता नदिएपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा भ्याकेट (अन्तरिम आदेश खारेजीको मा) निवेदन दिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : १४ बजे