सुनको मूल्यमा नयाँ कीर्तिमान

बाबुरामले नै गरे जसपा विभाजनको वकालत 

काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी विभाजन भएकै राम्रो भन्दै अभिव्यक्ति दिनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै बाबुरामले पार्टी एकता हुँदा खुसी हुने र विभाजन हुँदा दुःखी हुने कुरा सामान्य भएको भन्दै विचार र कार्यदिशा नमिलेपछि पार्टी विभाजन भएकै राम्रो हुने भन्दै अभिव्यक्ति दिनुभएको हो । 

विभाजनको सङ्घारमा पुगिरहेको जनता समाजवादी पार्टीको मुद्दाका लागि निर्वाचन आयोगले इजलास गठन गरेकै दिन भट्टराईले पूर्व जाने पूर्वतिर र पश्चिम जाने पश्चिम तिरै गए राम्रो हुने भन्दै पार्टी विभाजनको वकालत गर्नुभएको हो । 

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ५६ बजे