काठमाडौं । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनको शरीरमा कुनै पनि प्रकारको चोटपटक नदेखिएको प्रहरीले बताएको छ ।
‘रिपोर्टमा मृत्युको कारण खुल्न सकेन । शरीरका कुनै पनि भागमा चोट छैन ।’प्रहरी निकट स्रोतलेभ भन्यो । पोष्टमार्टममा जबरजस्ती करणी गरेको पनि नदेखिएको प्रहरी अधिकृतहरु बताउँछन् । पोस्टमार्टम रिर्पोटबाट हत्या वा आतमहत्या नखुलेपछि अब सुजिताको भिसेरा परीक्षण हुनेछ । शरीरमा विषादीको मात्रा थियो वा थिएन लगायतका परीक्षण मिसेरा परीक्षणबाट पत्त्ता लाग्नेछ ।
मिसेरा परीक्ष्णबाट उनले जीवितै छदा कुनै कुरा खाएको, सेवन गरेको वा अन्य गम्भीर रोग थियो कि भन्नेबारे खुल्ने छ ।
असार ११ गतेबाट बेपत्ता भएकी सुजिता आइतबार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।
पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले हत्या वा आत्महत्या के हो भन्न सकेको छैन । भिसेरालगायतको रिपोर्ट आएपछि आफूहरुलाई अनुसन्धानमा सहज हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
सुजिताको शव भेटिएको स्थानमा विषादीको बट्टा पनि भेटिएको थियो । घटनास्थलभन्दा केही पर उनले प्रयोग गर्दै आएको मोबाइलसमेत भेटिएको छ ।
सुजिताको हत्या भएको आफन्त र स्थानीयको दाबी छ । निश्पक्ष छानबिनको माग राखेर चितवनमा दैनिक जसो प्रदर्शनहरु भइरहेका छन् ।
सुजिताकी दिदीले असार ११ गते आफूलाई दुई महिला र एकजना पुरुषले गाडीमा हालेर लैजान खोजेको भन्दै फोन गरेको बताउँदै आइरहेकी छिन् । असार ११ गते १२ बजेर ४३ मिनेटसम्मको समयमा सुजिताको मोबाइल अन भएको र त्यसपछि अफ भएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।
परक्षिणको अलवा प्रहरीले सुजिताले प्रयोग गर्ने मोवाइल, उनले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको समेत प्राविधिक विश्लेषण गरिरहेको छ ।
प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएको छैन ।
आफन्तले सुजिताको अहरणको दाबी गरे पनि अनुसन्धानमा हालसम्म अपहरणको संकेत नभेटिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रकाशित मिति : २३ असार २०७८, बुधबार १ : ५६ बजे
प्रतिक्रिया