सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले एकता सहमति नजिक पुग्यो, भोलिसम्म टुंगोमा पुग्ने विश्वास

काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि कार्यदलको बैठकले भोलिसम्म विवाद समाधान गर्ने प्रयास थालेको छ ।

आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद समाधानका लागि सकारात्मक प्रयास भएको नेताहरुले बताएका छन् । कार्यदलका सदस्य प्रदिप ज्ञवालीले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै विवाद समाधानको प्रयासस्वरुप अघि बढिरहेको जानकारी गराउनुभयो । माधव नेपालपक्षका कार्यदल सदस्य गोकर्ण विष्टले चक्रपथसँग भन्नुभयो, ‘आजको बैठक बिषय बस्तुमा प्रवेश गरेको छ, छलफल सकारात्मक दिशातर्फ उन्मुख छ।’ उहाँले कार्यदलको बैठक सहमतिको नजिक पुगेको बताउनुभयो । नेताहरुबीच सहमतिको बिकल्पै नभएकोभन्दै भोलिसम्म केही ठोस निर्णय हुनसक्ने उहाँले बताउनुभयो ।

एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेता गम्भिर छलफलमा छन् । असार २१ गते कार्यदल पुनः सक्रिय भएपछि पार्टीका नेता, कार्यकर्ताहरु पार्टी एक हुनेमा आशावादी देखिएका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : २३ बजे