सुनको मूल्यमा नयाँ कीर्तिमान

ललितपुरमा भेरोसेलको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

ललितपुर । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।

पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले सूचनामार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ५६ बजे