‘एउटै नाउरको सिकार गर्न २३ लाख’

 भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन

काठमाडौँ । प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको निधन भएको छ।

आज  बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा ९८ वर्षको उमेरमा उहाँको निधन भएको हो । सास फेर्न गाह्रो भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

उहाँले पाँच दशक लामो चलचित्र यात्रामा ६५ वटाभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो ।  दिलीप कुमारले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट चलचित्र यात्रा सुरु गर्नुभएको थियो । 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : १५ बजे