सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

सवारीसाधनमा जरिवाना नलिइने

जनकपुरधाम – प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले  निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले  सरकारले जरिवाना छुट दिएको स्पष्ट गर्नुभयो ।

रासस

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ४२ बजे