सुनको मूल्यमा नयाँ कीर्तिमान

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।

सिंहदरबारमा एमाले एकता कार्यदल बैठक चलिरहेका बेला प्रचण्ड कोटेश्वरस्थित नेपाल निवासमा पुग्नुभएको हो । अहिले दुई नेताबीचको छलफल जारी छ ।

सर्वोच्चले असार २८ मा संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउने भएपछि नेताहरू थप सक्रिय भएका छन् । जनकपुरमा अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने घोषणा गरेर काठमाडौं उडनुभएका प्रचण्ड विमानस्थलबाट सिधैँ नेपाल निवास कोटेश्वर पुग्नुभएको हो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ०७ बजे