साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चोरी गरेको अभियोगमा पक्राउ

सिरहा – धनमाल चोरी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-११ बस्ने २० वर्षीय किसन साहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-८ अरङटोल बस्ने मोहबुद राईनको घरबाट नगद ६ लाख रुपैयाँ, २ थान सुनको झुम्का, १ थान सुनको मन्टिका, १ थान सुनको नथिया र करिब १ केजि ५ सय ग्राम चाँदीका गरगहना आइतबार राति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा साहको साथबाट सुन तथा चाँदीका विभिन्न गहना सहित फेला पारी कल्याणपुर बजारबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : २८ बजे