सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको दोस्रो दिनको बैठक सिंहदरबारमा सुरु भएको छ । 

बैठकमा विगतमा कार्यदल तहमा गरिएका छलफल र सहमतिहरुलाई दस्तावेजिकरण गर्ने र सुल्झिन बाँकी रहेका बिषयमा छलफल गर्ने कार्यसूची रहेको छ । कार्यदलमा यसअघि नै प्रस्ताव गरिएको अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त बक्तब्य जारी गर्ने बिषयमा समेत छलफल भइरहेको छ ।

पार्टी एक भएको सन्देश दिन अध्यक्ष ओली सहमत भएपनि बरिष्ठ नेता नेपाल शेरबहादुर देउवालाई बुझाइएको हस्ताक्षरका कारण बक्तब्यप्रति रुची नदेखाउनु भएकोले पहिलो प्रयाश असफल बनेको थयो । यद्यपी कार्यदलले संयुत्तः बक्तब्यको मस्यौदा दुवै नेतालाई पठाइसकेको छ ।

कार्यदलका सदस्य भीम आचार्यका अनुसार आज र भोलिसम्ममा विवादका धेरै बिषय समाधान हुने संभावना रहेको छ । ‘आज पनि छलफल जारी छ, सबै बिषय भोलि सम्ममा टुंगो लाग्ने हामीले अपेक्षा गरेका छौं,’ आचार्यले भन्नुभयो । एमाले अध्यक्ष ओलीसँग माधव समुहका कार्यदल संयोजकसमेत रहनुभएका उपाध्यक्ष भीम रावलले लामो बार्ता गरेपछि टुंगिसकेको एकता फेरि सुरु भई कार्यदल ब्यूँताइएको थियो । कार्यदल सदस्यहरुका अनुसार पछिल्लो समय अध्यक्ष ओली भन्दा बरिष्ठ नेता नेपाल एकताप्रति त्यत्ति रुचिकर हुनुभएको छैन । तर उहाँलाई त्यो अवस्थामा पुग्न नदिने अठोटसहित माधव समुहका नेताहरु लागिपरेका छन ।

कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल हुनुहुन्छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : २१ बजे