सुनको मूल्यमा नयाँ कीर्तिमान

सुजिताको मोबाइल भेटियो, सिम छैन

काठमाडौं । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको हत्या वा आत्महत्या प्रहरी अनुसन्धान जारी छ । यही असार ११ गते बेपत्ता भएकी २३ वर्षीया सुजिताको शव गएको आइतबार स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको थियो । प्रहरीले सो स्थानमा सुजिताले प्रयोग गर्ने गरेको मोबाइल भेटेको छ, तर मोबाइलमा सिम नभएको र मेमोरी मात्र रहेको प्रहरीको भनाइ छ । शव भेटीएको भन्दा १९/२० मिटर दक्षिण तर्फ खोलामा उनको मोबाइल भेटिएको हो । अहिले इलाका प्रहरी कार्यालय टाडीका डिएपि इन्द्र बहादुर रानाको कमान्डमा प्रहरीको टोलि परिचालित भएको छ । आफन्तले सुजिताको हत्या भएको बताइरहेका छन्  ।  उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ ।

प्रहरी अधिकारीका अनुसार, “मोबाइल भेटिएको छ, तर सीम छैन, मेमोरीमा केही पत्ता लाग्छ कि निगरानी पनि सुरु गरेका छौँ ।” प्रहरीले पनि पोस्टमार्टम रिपोर्ट कुरिरहेको छ । रिपोर्टपछि अनुसन्धानका लागि ‘क्लु’ मिल्ने अधिकारीहरु बताउँछन् । प्रहरीले अहिले नै हत्या वा आत्महत्या यकिन गर्न सकेको छैन । प्रहरी अधिकारीले विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ०५ बजे