सुनको मूल्यमा नयाँ कीर्तिमान

जनकपुरमा प्रचण्डले भने, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले आदेश दिन्छ

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरेका छन् । पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने ठोकुवा गरेका हुन् । उनले भने,’देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, अनि संसद पनि पुनर्स्थापना हुन्छ ।’

यसअघि मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाको पूर्वसन्ध्यामा पनि प्रचण्डले धादिङमा अदालतको फैसलाको पूर्वानुमान गरेका थिए । 
 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ४७ बजे