सुनको मूल्यमा नयाँ कीर्तिमान

बाँकेमा आजदेखि सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा

काठमाडौं । बाँकेमा आजदेखि सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आएका छन् । असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइए पनि जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि जिल्लाभित्र सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन दिने आदेश जारी गरेको थियो ।

यसअघि गत असार १४ गतेदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिइएको थियो । जिल्लामा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएपछि असार १३ गतेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि अनुमति दिइएको थिएन ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १२ : ५८ बजे