सुनको मूल्यमा नयाँ कीर्तिमान

जसपाका दुवै समूहलाई निर्वाचन आयोगले बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ ।

आधिकारिकताको दावी गरेका दुवै समूहलाई छलफलका लागि मंगलबार ११ बजे बोलाएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच आधिकारिकताको विवाद छ । दुवैले एकले अर्कालाई कारवाही गरेका छन् । आफ्नो पक्षलाई आधिकारिकता दिन भन्दै दुवैले आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ४७ बजे