सुनको मूल्यमा नयाँ कीर्तिमान

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले साँझ भर्चुअल छलफल गर्नुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल संवाद गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भर्चुअल छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार आज साँझ ६ बजे जुम मिटिङमार्फत भर्चुअल छलफल गर्ने तयारी रहेको छ ।

उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङ पिङले आफ्ना भनाइ राख्ने पार्टीको अन्तर्राष्ट्रिय विभागले जानकारी गराएको छ। ‘जनहित र राजनीतिक दलको जिम्मेवारी’ विषयमा हुन लागेको भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा राजनीतिक संगठनका पाँच सय नेता र एक हजार प्रतिनिधिले सहभागी जनाउने सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु जाओमिङले सोमबार जानकारी गराएका छन्।  

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ४४ बजे