काठमाडौं । कोरोना भाईरसको दोस्रो डोज खोप आजदेखि लगाइँदै छ । पहिलो मात्रा खोप लगाएका ६० देखि ६४ बर्ष उमेरका व्यक्तिलाई भेरोसेल खोपको दोस्रो डोज दिन लागेको हो । स्वास्थय मन्त्रालयले काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकेको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई/दुई स्थानमा खोप केन्द्र तोकेको हो ।
दोस्रो डोज खोप असार २४ गतेसम्म दिइने कार्यालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति : २२ असार २०७८, मंगलबार ६ : ५९ बजे
प्रतिक्रिया