सुनको मूल्यमा नयाँ कीर्तिमान

बागमती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण गत शनिवारदेखि सुचारु हुन नसकेको बैठक सोमबार दिउँसो एक बजेका लागि आह्वान गरिएको भए पनि विपक्षी दलका सांसदहरुले विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गर्नुभएको हो । 

प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले असहमति जनाउँदै आएका छन् । सोमबार पनि प्रदेश सभाको बैठक अघि बढ्न नपाउँदै विपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको बजेटप्रति असहमति प्रकट गर्नुभएको थियो । 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : २२ बजे