सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकियो, असार २८ सम्मलाई हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजको बहस सकिएको छ । सोमबारसम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका छन् । आज सबै पक्षको सुनुवाइ सम्पन्न भए पछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले मुद्दा हेर्दा हेर्दैमा राख्ने र अर्को सुनुवाइ असार २८ गते गरिने बताउनुभयो । यस अघिको विघटनको मुद्दामा बहस सकिए पछि सो मुद्दालाइ हेर्दा हेर्दैमा राखिएको र त्यस पछिको पेशीमा फैसला आएको थियो । 

असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको छ ।

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : १८ बजे