चेतन अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त

काठमाडौं । विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रीस्तरीय निर्णयबाट चार वर्षका लागि अधिकारी नियुक्त हुनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सप्तकोशी एफएमका सञ्चालक एव विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेको निधन भएपछि रिक्त रहेको बोर्ड सदस्यमा अधिकारीको नियुक्ति भएको हो । नवनियुक्त सदस्य अधिकारीलाई मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङ, सचिव हरिप्रसाद बस्याललगायतले बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ ।

अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक भएरपनि काम गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ३५ बजे