साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

छोराले बञ्चरो प्रहार गर्दा बाबुको मृत्यु

मकवानपुर – कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ  । कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो । 
 
    उहाँका अनुसारअभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको छ । अञ्जनले आफ्नै बाबुलाई ‘के कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने ’विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ३४ बजे