सुनको मूल्यमा नयाँ कीर्तिमान

मध्यावधि निर्वाचन : निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका स्‍वीकृत (कार्यतालिकासहित)

काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले मध्यावधी निर्वाचनको तयारी पुरा गर्दै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका सार्वजनिक गर्न लागेको हो । 

आयोगको निकट स्रोतका अनुसार सार्वजनिक गर्न लागिएको तालिकामा पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका  छ । 

दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।

आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने तयारी गरेको बताइन्छ ।

 

 

​​​​​​​

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ०२ बजे