सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

मकवानपुरमा १० दिन निषेधाज्ञा थपियो

मकवानपुर । मकवानपुरमा निषेधाज्ञाको अवधि १० दिन थप गरी असार ३१ गतेसम्म पुर्‍याइएको छ । 

तोकिएको पसल र यातायात मात्र सञ्चालन गर्न पाइने गरी १० दिन निषेधाज्ञा थप गरिएको हो । 

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने सिफारिस गरेको थियो । 

जिल्ला प्रशासन कार्यालयले जिल्लामा कोरोनाको महामारी अझै पनि कम नभएको भन्दै सोही सिफारिसका आधारमा निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जनाएको छ ।  

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार आज असार २१ गते राति १२ः०० बजेदेखि असार ३१ गते बिहीबार राति बजेसम्म थप १० दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको हो । 

तोकिएका व्यवसाय र क्षेत्र साबिक अनुसार नै सञ्चालन हुने तथा तोकिएको यातायात मात्र सञ्चालन गर्न पाइने गरी यसअघिको निषेधाज्ञाको निर्णय अनुसारै निषेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । 

मकवानपुरमा जारी निषेधाज्ञामा यस अघि निजी सवारी जोर बिजोर अनुसार चल्न पाउने तथा तोकिएको व्यवसाय पालै पालो सञ्चालन गर्न पाइने गरी निषेधाज्ञा जारी भएको थियो । 

 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : १७ बजे