सुनको मूल्यमा नयाँ कीर्तिमान

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेललाई दिइएको छ ।

केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिले आज विज्ञप्ति निकालेर जानकारी दिएको हो । समितिको औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ । 

केन्द्रीय सदस्य रमेश लखक संयोजक रहेको समितिले क्रियाशील सदस्यतामाथि छानबिन गरिरहेको छ । असार मसान्तभित्र सदस्यता छानबिन टुंग्याएर केन्द्रीय समितिलाई अन्तिम सूची बुझाउने जिम्मेवारी समितिले पाएको छ ।

​​​​​​​

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : १२ बजे