‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

उपत्यकामा हट्यो जोरविजोर प्रणाली, अब सबै सार्वजनिक यातायात चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । असार २२ गतेदेखि उपत्यकामा जारी जोर–बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । 

भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो । 

जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो  । 

बैठकले अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिने निर्णय गरेको छ । तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने अनिर्वाय लिनुपर्नेछ। 

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न भने पाइने छैन ।अब सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।
माइक्रोको तेस्रो सिटमा चार(चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।
 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ५४ बजे