साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भन्सार छलि ल्याएको विभिन्न सामान बरामद

बाँके – अबैध रूपमा भन्सार छलि ल्याएर नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह बस्ने ३२ वर्षीय मोनु कवडियाको सोही उपमहानगरपालिका-७ एमपिस्कुल नजिक कोठामा लुकाई राखेको करिब ८ लाख रुपैयाँ बराबरको मोटरसाइकल तथा गाडीका पार्टपूर्जा र कपडा शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

उनको कोठामा अबैध भन्सार छलिको सामान राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको हो । हाल फरार कवडियाको प्रहरीले खोजी गरिरहेको छ ।

बरामद सामान भन्सार कार्यालय बाँकेमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : २५ बजे