सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले वार्ता सकारात्मक : एकताको सन्देश दिने गरी संयुक्त वक्तव्य निकाल्ने तयारी 

 

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरूले संयुक्त वक्तव्य निकाल्न वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गर्नुभएको छ ।  

आइतबार बिहान नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास कोटेश्वर पुगेर यस्तो प्रस्ताव गर्नुभएको हो । जेठ २ गते पनि पार्टी फर्कियो । पदाधिकारीसहित केन्द्रीय कमिटी पुनःस्थापित भयो । यो अवस्थामा दुई जना नेताहरु भेट्नुस् । पार्टी एकताबद्ध छ, हामी एक ढिक्का छौं र एकताबद्ध भएर अगाडि बढ्छौं भन्ने सन्देश देशलाई दिनुस् भन्ने आग्रह गर्यौं,’ नेता नेम्वाङले भन्नुभयो, ‘उहाँले तपाईंहरुको कुरा सुने । साथीहरुसँग सल्लाह गर्छु भन्नु भयो ।’

ओलीपक्षको प्रस्तावपछि नेता नेपालले कार्यदलबाट वक्तव्यको ड्राफ्ट ल्याउन सुझाव दिनुभएको छ  । आईतवार विहान भएको बर्ता सकारात्मक भएसँगै अहिले एमालेका दुबै पक्षीय नेताहरु संझौताको ड्राफ्ट तयारी गरिरहेका छन् । 

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : २१ बजे