‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा १५  रुपैयाँले वृद्धि आएसँगै प्रतितोला १ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : ०३ बजे