साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सीपीसीको सय बर्ष– चिनियाँ बढ्दो शक्ति र बदलिंदो बिश्व   

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले असार १७ मा स्थापनाको एक सय बर्ष पुरा गर्दा बेइजिङले विश्वलाई आफ्नो बढ्दो शक्तिको प्रष्ट सन्देश दियो । विश्वभने चिनियाँ विकासबाट आवरणमा आक्रोसित र भित्र बढी त्रसित देखिन्छ । नयाँदिल्लीदेखि वासिङटनसम्मका प्रतिक्रियामा यस्ता मिश्रित धारणा देखिन्छन् । चीनको विकासलाई विकासका रुपमा स्विकार्न नसक्ने तर फेरी ‘चीन नियन्त्रण’ को परम्परागत नीतिलाई निरन्तरता दिन अमेरिका र उसका एसियाली साझेदार लाग्नु चाँही बिरोधाभाषपूर्ण छ ।       

राष्ट्रपति सी चिनफिङले बेइजिङको तिहानम्यान चोकमा आयोजित भब्य शताब्दी समारोहमा ६५ मिनेट लामो संवोधन गर्नुभयो, त्यसक्रममा उहाँले चिनियाँ विकासको फेहरिस्त राख्नुभयोनै । सम्भवत त्यही विकासबाट प्राप्त शक्तिका बलमा राष्ट्रपती सीले चीनबिरुद्ध लाग्ने बिदेशी शक्तिहरुका त्यस्ता हर्कत र व्यवहार बेइजिङले नसहने चेतावनी पनि दिनुभयो । उहाँले भन्नुभयो – चीनियाँ नागरिकले कुनैपनि बाह्य शक्तिलाई चीनमाथि दमन गर्ने, आक्रमण गर्ने र हेप्ने अनुमति दिनेछैनन् । यदी कसैले त्यस्तो प्रयास गर्छ भने तीनले १४० करोड चिनियाँ जनताको शक्तिबाट निर्माण भएको कडा पर्खालसँग पहिला टकराउनुपर्नेछ । उनीहरुका टाउका त्यहाँ फोरिनेछन् ।’   

राष्ट्रपति सीले चीनमाथि आक्रमण गर्न चाहने विदेशी शक्तिबारे प्रष्ट नपारेपनि ती संकेत कता लक्षित छन् भन्ने बुझ्न सकिन्छ । दक्षिणी चिनियाँ समुन्द्रको मुद्दादेखि व्यापार युद्ध–प्रतिवन्ध, ताइवान, हङकङ र सिञ्जियाङका मुद्दामा भएका अमेरिकी र उसका गटवन्धनका हस्तक्षेपबाट आजित भएर जवाफी हमलामा यो चेतावनी आएको देखिन्छ । दोक्लमदेखि गल्वान उपत्यकासम्ममा भएका चीन र भारतबीचका टकराव र आमनेसामनेलाई समेत यहाँ संकेत गरिएको हुनसक्छ । त्यसोत भारत–चीनबीच प्रतिस्पर्धा, समन्वय र शत्रुताको स्वभाविक र सहज सम्वन्ध पनि छ ।

यदी यो शताब्दीलाई एसियाली शताब्दी मान्ने हो भने चीन र भारतको सहकार्य र मित्रताबाट मात्र त्यो सम्भव छ । नयाँदिल्ली र बेइजिङले जतिसक्दो चाँडो यो सोचको कार्यान्वयन गर्छन्, बिश्वमाथि एसियाको राज हुनेछ र बिश्व व्यवस्थामा गजवको सन्तुलन आउनेछ । त्यसका लागि दुबै नेतृत्वबीच सीमामा शान्ति कायम राख्नेदेखि लिएर बिश्वमुद्दामा साझा धारणा बनाउन आवश्यक छ ।   

राष्ट्रपति सीले चीनको एकता र राष्ट्रिय अखण्डता कायम राख्न र चिनियाँ सार्वमौमिकतामा खतरा उत्पन्न हुन नदिने सीपीसीका साथ चिनियाँ जनताहरु रहेको भन्दै आन्तरिक रुपमा बिभाजन ल्याउन भएका प्रयास असफल हुने पनि बताउनुभयो । उहाँले बाह्य शक्तिको चीनप्रतिको नीतिको बिरोधमात्र गर्नुभएन,  चिनियाँ विकासको सय बर्षका सूची राख्दै बिश्वलाई सहयोग बाँड्ने नीति चीनले लिएको समेत बताउनुभयो । अमेरिकाले ‘अमेरिका पहिलो’ नीति लिइरहँदा चीनले भने बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) जस्ता आर्थिक बिकासका परियोजना सार्वजनिक गर्यो र बिश्वलाई त्यसमा जोडिन आब्हान गर्यो । त्यससंगै अमेरिकाले पनि एमसीसी र आइपीएस नाममा बिभिन्न सहयोग कार्यक्रम ल्यायो । राष्ट्रपति सीको भनाईमा यी सबै बिकास चीनले सीपीसीको नेतृत्वमा गरेको हो र यो पार्टीप्रति चिनियाँ जनताको बिश्वास झन दरिलो भएको छ ।       

सीपीसी स्थापनाको पहिलो शताब्दीको लक्ष्य थियो– सबै दृष्टिकोणले न्यायोचित समुन्नत समाजको निर्माण । यसमा चीन सफल भयो । उहाँका अनुसार, अवको यात्रा दोश्रो शताब्दी लक्ष्य पुरा गर्नेतर्फ हो, त्यो भनेको सबै दृष्टिकोणबाट चीनलाई महान आधुनिक समाजवादी देश बनाउने ।’ महात्सेतुङदेखि चिनियाँ नेताले चीनको विकासको त्यति प्रचार गरेनन् । तर राष्ट्रपति सीले  यी उपलब्धीलाई गौरवमय र महान उपलब्धीका रुपमा सार्वजनिक गर्नुभयो । तियानम्यान स्वायरको संवोधनको पूर्णपाठमा यी उपलब्धी उल्लेख छन् । आन्तरिक रुपमा सुदृढ भएपछि बाहिर देखिनुपर्छ भन्ने सोचले शायद अहिले मुर्तराप पाएको छ । 

विकास होइन, ‘अधिनायकवादी’ विकास  
चीनको इतिहास ५ हजार बर्षको छ । बेलायती इतिहासविद् एरिक हब्सस्वमले आफ्नो पुस्तकमा चीनियाँ विकासका चार चरण उल्लेख गरेका छन् । त्यसमा एज अफ एरोगेन्स (१७९३–१८४),  एज अफ फ्रष्टेसन (१८४०–१९१२), एज अफ स्ट्रग्लिङ (१९१२–१९४९) र एज अफ राइज (१९४९– अहिलेसम्म) । एउटा आधुनिक सम्पन्न र शक्तिशाली चीनको निर्माण त्यतिकै भएको होइन, ठूलो बिनाश, अपमान र आक्रमणलाई सहेर प्राप्त भएको शक्ति, बदलाको भावना र बिकासको प्रतिबद्धताको योगफलबाट यसको बिर्निमाण भएको हो ।   

सयबर्ष अघि स्थापना हुँदा सीपीसीका देशभर ५० सदस्य थिए तर आज ९ करोड ५० लाख (९५ मिलियन) सदस्य छन् । यो बिश्वको सबैभन्दा ठूलो राजनीतिक दल हो ।  जब चिनियाँ कम्युनिष्ट पार्टीले चीनलाई नियन्त्रणमा लियो, त्यसबेला चीनका २० प्रतिशत मानिसमात्र साक्षर थिए । आज ९७ प्रतिशत चिनियाँ जनसंख्या साक्षर छ । सन् १९६० मा चीनको प्रतिव्यक्ति आय अमेरिकी डलर ९० थियो, आज १० हजार डलर पुग्यो । सीपीसी स्थापना हुँदा आर्थिक अवस्था जर्जर थियो, भोकमरी तीन दशककै समस्या थियो । तर आज चीन गरिबीबाट मुक्त भएको छ । 

 

सन् १८४० को अफिम युद्धपछि चीन क्रमश अर्धऔपनिवेशिक, अर्धसामन्ती देशमा रुपान्तरण भयो भने ठूलो क्षति ब्योहोरो । हिनतावोध, चिनियाँ नागरिकको अपमान र चिनियाँ सम्यतानै अन्धकारतर्फ मोडियो । राष्ट्रपति सी भन्नुहुन्छ– ‘त्यसबेला देखि नै चिनियाँ राष्ट्रिय पुर्नजागरण र परिवर्तन एउटा महान सपना बन्यो र त्यसमा सीपीसी केन्द्रित भयो ।’   सन् १९१७ मा रुसमा भएको अक्टोबर क्रान्तिसँगै माक्र्सवाद–लेनिनवाद पनि चीनमा भित्रियो । यसरी सन् १९२१ मा सीपीसी निर्माण भयो । माक्र्सवाद–लेनिनवाद, माओत्सेतुङ बिचारधारा, देङ स्याओपिङ सिद्धान्त (खुलापन र उदार अर्थतन्त्र),  ‘थ्योरी अफ थ्री रिप्रिजेन्ट’, ‘साइन्टिफिक आउटलुक अन डिभलपमेन्ट’ र नयाँ युगका लागि चिनियाँ बिशेषतासहितको समाजवादको पूर्ण कार्यान्वयनपछि चीनले आजको बिश्वशक्तिको हैसियत बनायो । सीपीसीको १८ औ कंग्रेसपछि चिनियाँ बिशेषतासहितको समाजवाद नयाँ युगमा प्रवेश गर्यो ।

सयबर्ष अघि स्थापना हुँदा सीपीसीका देशभर ५० सदस्य थिए तर आज ९ करोड ५० लाख (९५ मिलियन) सदस्य छन् । यो बिश्वको सबैभन्दा ठूलो राजनीतिक दल हो ।  जव चिनियाँ कम्युनिष्ट पार्टीले चीनलाई नियन्त्रणमा लियो, त्यसबेला चीनका २० प्रतिशत मानिसमात्र साक्षर थिए । आज ९७ प्रतिशत चिनियाँ जनसंख्या साक्षर छ । सन् १९६० मा चीनको प्रतिव्यक्ति आय अमेरिकी डलर ९० थियो, आज १० हजार डलर पुग्यो । सीपीसी स्थापना हुँदा आर्थिक अवस्था जर्जर थियो, भोकमरी तीन दशककै समस्या थियो । तर आज चीन गरिबीबाट मुक्त भएको छ । तर अझैपनि शहर र गाउँ, पुर्वी र पश्चिम चीनबीच विकासको खाडल छ, जसबाट मुक्त गर्न सकेमा चीन सफल राष्ट्र बन्नेछ । सन् २०२८ सम्ममा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा ठूलो हुने आंकलन छ । सन् २०३५ मा पूर्ण साझा समुन्नती प्राप्त गर्ने चीनको आन्तरिक लक्ष्य छ । यी लक्ष्य टाढा छैनन् । हार्वड केन्नेडी स्कूल अफ गर्भमेन्टले सन् २०२० मा गरेको सर्भे तथ्याङमा ९५ प्रतिशत चिनियाँले बेइजिङको सरकारसँग सन्तुष्ट रहेको प्रतिक्रिया दिएका थिए । यो आन्तरिक एकताको उदारण हो ।  

कोभिड–१९ महामारीमा देखिएको चीन र अमेरिकी अर्थतन्त्रलाई हेर्दा पनि त्यो संकेत प्राप्त हुन्छ । चीनले सैन्यशक्तिमा लगानी केन्द्रित गर्दैछ । देशबाहिर पहिलो सैन्य आधारशिविर अफ्रिकी राष्ट्र डिबोजिटमा खोल्दैछ । चीन बिश्वको सबैभन्दा ठूलो साहु हो । बिश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष र अन्य सबै देश जोड्दा पनि चीनले दिएको ऋणको हाराहारी पुग्दैनन् । चीन उदीयमान शक्ति होइन, उदाइ सकेको शक्ति हो । क्रान्ति र नीतिका दृष्टिकोणमा आजको चीन महात्सेतुङ र देङ स्यायोपिङको ‘हाइब्रिड’ चीन हो, जसले चेयरमान माओलाई बढी सम्मान गर्छ तर व्यवहारमा देङ नीतिलाई अख्तियार गर्छ । सी बिचारधारा यिनै दुई महान नेताको सोचको बिचबाट सृजना भएको हो । राष्ट्रपति सी माओ र देङपछि शक्तिशाली नेता बन्नुभएको छ ।      

आक्रामक होइन, त्रसिद्     
चीनको उदयले वासिडटन दवावमा छ । राष्ट्रपति जो वाइडेनले चीनलाई २१ औं शताब्दीको अमेरिकाको सबैभन्दा ठूलो भूराजनीतिक चूनौतीमा रुपमा ठान्नुभएको छ । अमेरिका र उसका एसियाली साझेदारले जतिसुकै चीन भर्सेज् अमेरिकालाई  निरकुंशतन्त्र भर्सेज् प्रजातन्त्र को संघर्षको रुपमा स्थापित गर्न खोजेपनि त्यो स्थापित हुँदैन । किनकी आजको बिश्वव्यवस्था बिचार र राजनीतिक सैद्धान्तिक वादले निर्धारण र नेतृत्व गरेको बिश्वव्यवस्था होइन । 
शितयुद्धकालिन बिश्वव्यवस्थामा ध्रुबहरुको निर्माण बिचारधाराका आधारमा भएको थियो । अमेरिकाले पुँजीवादी बिश्वव्यवस्थाको नेतृत्व लिएको थियो भने सोभियत रुसले कम्युनिष्ट बिश्वव्यवस्थाको नेतृत्व लिएको थियो । शितयुद्धकालिन भूराजनीति बिचारधाराको भूराजनीति थियो  र त्यसले सम्पूर्ण विश्वलाई दुई ध्रुबमा बिभाजित गरेको थियो । २१ औ शताब्दीको यो यर्थाथवादी बिश्व पुँजीवादी र समाजवादीबिचको लडाईको बिश्व होइन, बिचारधारा बाहिरको राष्ट्रिय स्वार्थ निर्देशित गठवन्धनको बिश्व हो । बिश्व सहयोगलाइ नजरअन्दाज गर्दै अमेरिकाले क्षेत्रीय समुहहरु निर्माण गरिरहेको छ, जसले बिश्व आपूर्ति व्यवस्थालाई अवरुद्ध गरिरहेको छ । अर्कातिर, चीनभने भविश्य हेर्दै मानवजातीको साझा भबिश्व निर्माणको वकालत गरिरहेको छ । जसरी पनि चीनलाई घेराउमा पार्ने नीति अमेरिकी ध्रुबको छ, जुन चिनियाँ त्रासदीबाट सृजित हो । 

चीनमाथि बिश्व दवाव सृजना गर्न प्रजातन्त्रविना आर्थिक बिकास हुनै सक्दैन वा उदारतन्त्रको विकल्प छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । सोभियत रुस बिघटन हुँदा इतिहासको अन्त्यकै घोषणा अमेरिकी बिद्धान फ्रान्सिस फुकुयामाले गर्नुभएकै थियो । तर त्यस्तो भएन । त्यसैले चीनलाइ एउटा बिकासको मोडल मान्दा केही निश्कर्ष निकाल्न सकिन्छ । पहिलो सन्देश हो – प्रजातन्त्र र आर्थिक बृद्धि एकअर्काबिचका अनिवार्य अंग भन्ने पश्चिमा भाष्यलाई चीनको आर्थिक बिकासले गलत प्रमाणित गरेको छ । सीपीसीको स्थायी शासनका कारण चीनमा आर्थिक विकास सम्भव भएको देखिन्छ ।  

गरिबी निवारण, ठूला भौतिक पूर्वाधारमा लगानी, बिश्वस्तरको प्रबिधीसहितको विकास बिश्वले भन्नेगरेको अधिनायकवादी सरकारबाटै भएको हो ।  कोभिड महामारीलाई नै उदारण मान्ने हो भने अमेरिकासहितका पश्चिमाभन्दा चीनले आक्रामक ढंगले योबिरुद्ध लड्यो र नियन्त्रणमा लियो । सन् २००८ मा भएको बिश्व आर्थिक मन्दीमा चीनियाँ अर्थतन्त्र प्रभावित नहुनु अर्को उदारण हो । चिनियाँहरुको दावी छ –प्रजातान्त्रिक र आर्थिक सफलता एकअर्का अभिन्नसँग जोडिएका छन् भन्ने ‘वासिङटन कन्सेन्सस्’ ले सन् २००८ को आर्थिक संकटमा धक्का खायो । त्यसयता चीन आर्थिक ताइकुन, प्रविधि आविश्कारमा बिश्वनेता, सैन्य महाशक्ति भयो जवकि सी बिचारधारा अन्यका तुलनामा थप अनुदारवादी देखिन्छ ।

आर्थिक बिकास भएपछि व्यवस्था अधिनायकवादी वा प्रजातन्त्रवादी भन्ने महसुस हुँदोरहनेछ । त्यही हार्वड सर्भेमा सर्वसाधरण चिनियाँ नागरिकले आफूहरुलाई देशभित्र कम्युनिष्ट अधिनायकवाद छ भन्ने महसुस नभएको, अवसरहरु पाएको र पश्चिमाको भन्दा उदार जीवनशैली अपनाउन पाएको बताएका छन् । पश्चिमा बिश्लेषकनै भन्छन्– सत्य के हो भने चीन उदार हुन खोजिरहेको अधिनायकवादी सत्ता होइन, यो राजनीतिक र आर्थिक रुपमा सफल हुन खोजिरहेको अधिनायकवादी राज्य हो । पश्चिमा शक्तिले चीनको वास्तविक  शक्तिलाई नबुझ्दा सम्म चीनमाथि सफलता परै जाओस्, दवावसमेत दिन सक्दैनन् । 

उत्तर होइन, दक्षिण पथ 
चीनले भब्यरुपमा सीपीसीको शताब्दी बर्ष मनाइरहँदा नेपालमा भने स्वार्थहरुको सुविधाका लागि एकभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिघटन भएर पूर्ववत् अवस्थाकै एमाले र माओवादी केन्द्रको अवस्थामा पुग्यो । नेपाल भएका कम्युनिष्ट पार्टीहरु छिन्नभिन्न त छननै, सँगै भएका दुई मुख्य कम्युनिष्ट पार्टीहरुबीच एकले अर्काको अस्तित्वलाई समाप्त पार्ने प्रयास गरिरहेका छन् । र, त्यसका लागि घरेलु अन्य शक्ति र बाहिरियाद्वारा उनीहरु निर्देशित छन्  ।
नेपालका कम्युनिष्ट पार्टीभित्र यति बढी आन्तरिक प्रजातन्त्र भयो कि त्यसले अराजकताको आकार लियो । नेपाली कम्युनिष्ट पार्टीहरु मुलत् प्रजातन्त्रवादी भएका कारण तीनले सीपीसीको जस्तो अधिनायवादी शैली अपनाउन सक्दैनन् तर सीपीसीको जस्तो राष्ट्रिय लक्ष्य निर्धारण गरेर अघि बढ्न सक्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय लक्ष्य निर्धारण गर्न खोजेको थियो तर त्यसलाई पार्टीभित्र र बाहिरबाट घेराउमा पार्ने प्रयास भयो र भइरहेको छ । विकास र राष्ट्रियताका मुद्दामा एक भएर अघि बढ्दा हुन्थ्यो तर नेताहरुबीचको टकरावले त्यो पनि सम्भव देखिदैंन । त्यसले नेपाली कम्युनिष्ट चिनियाँ कम्युनिष्टभन्दा पश्चिम बंगालका कम्युनिष्टबाट बढी प्रभावित देखिन्छन् । अर्थात् समाप्ति ।     

 
 
 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : २६ बजे