साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ ।

अध्यक्ष बर्माको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिवार राति उहाँको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिनुभयो ।

६७ वर्षीय अध्यक्ष बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

अध्यक्ष बर्मा सिकिस्त भएपछि आइसियुमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि गए राति उपचारका क्रममा १२ बजेर ५ मिनेटमा मृत्यु भएको रामनगर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी दिनुभयो ।

अध्यक्ष बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको थियो । 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ५० बजे