साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सौराहाका बाढी प्रभावितलाई खाना खुवाउँदै तथा खाद्यान्न सहयोग गर्दै लायन्स क्लबहरू

चितवन । पूर्वी चितवनमा आएको बाढीका कारण प्रभावित परिवारलाई सौराहा क्षेत्रका लायन्स क्लबहरूले राहत वितरण गरेका छन् । 

रत्न नगर – ८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई सुरक्षित स्थानमा राखी नियमित रूपमा खाना खुवाइएको छ ।

लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढीपीडित २० परिवारका १०० जनाभन्दा बढीलाई बछौली स्थित ग्रिन सोसाइटी पब्लिक स्कुलमा राखेर नियमित खाना खुवाइएको हो ।

उनीहरूलाई आफ्नो घरमा सुरक्षित रूपमा फर्कन नसक्दासम्म यो सहयोग निरन्तर जारी राख्ने कार्यक्रम संयोजक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ का जोन चियरपर्सन शिरलाल परियारले बताउनुभयो । 

नयाँ लायन्स वर्ष सुरुवातसँगै सोही क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न वितरण समेत गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाको समन्वयमा ३३ परिवारलाई खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक परियारले बताउनुभयो ।

दैवी प्रकोपका कारण यस क्षेत्रका कसैलाई पनि गाँसबासको समस्या नहोस् भन्ने भावनाबाट प्रेरित भएर सौराहा क्षेत्रका लायन्स क्लब मिलेर राहत वितरण कार्यक्रम गरिएको लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका अध्यक्ष दीपेन्द्र खरेलले बताउनुभयो । 

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ का डिस्ट्रिक्ट को– एडभाईजरद्वय दीपेन्द्र खतिवडा र योगेन्द्रनाथ अधिकारी, रिजन चियरपर्सन ओमलाल सापकोटा लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।

गत बिहीबारदेखि सुरु भएको विस्थापित परिवारलाई खाना खुवाउने कार्यक्रम निरन्तर जारी रहेको लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका सचिव सुरज पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : २३ बजे