सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्ने तयारी, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौँ । काठमाडौं उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। 

निषेधाज्ञा थप्ने गर्ने सम्बन्धमा छलफल गर्न आज दिउँसो ३:०० बजे काठमाडौं उपत्यकाका  तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । 

यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल भइरहेको बताइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा पकट पकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ। 

यसअघि असार १४ गते जारी भएको निषेधाज्ञाको अवधि सोमबार राति १२ः०० बजेबाट सकिँदै छ।  पछिल्लो पटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक यातायातलाई  जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ ।

त्यस्तै  खाद्यन्न  पसलहरु बिहान ६ः०० बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ। 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : १५ बजे