साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रतिबन्धित वन लसुनसहित दुई  जना पक्राउ

मनाङ । प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले  उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुनसहित  पक्राउ गरेको जानकारी दिनुभयो  । सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ । 

उनीहरुले नार्पाभूमिको नार गाउँका  कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको उहाँले बताउनुभयो ।  

बरामद गरिएको वन लसुन नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने  तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । 

उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा सङ्ंकलन सकिएपछि जेठ असारमा सङ्कलन गरिन्छ । 

लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ । रासस

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ३६ बजे