सुनको मूल्यमा नयाँ कीर्तिमान

‘पार्टी विरोधी गतिविधि गर्ने या बोल्नेहरू एमाले हुन सक्दैनन्’

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनबारे अदालतबाट फैसला आउने बेलासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए माधव नेपाल पक्षका नेताहरू एमाले हुन नसक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमालेको केन्द्रीय कमिटिको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर गर्नेहरू पार्टीका नेता हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउन ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टीका कार्यकर्ता हैनन् । त्यसले नै कित्ताकाट गरिसक्यो नि । भ्रम पाल्न आवश्यक छैन ।’ अध्यक्ष ओलीले आफू अहिले पनि पार्टी एकताको पक्षमा रहेको र एकताका लागि आह्वान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अहिले पनि एकताको पक्षमा छौँ । एकताका लागि आह्वान गरिरहेका छौँ । कुरा गरिरहेका छौँ ।’ अध्यक्ष ओलीले पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई नपर्खिने बताउनुभयो ।

उहाँले भन्नुभयो– जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् । अध्यक्ष ओलीले पार्टीको पक्षमा बोलिरहेका व्यक्ति मात्रै पार्टीको नेता हुने बताउनुभयो । 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ४१ बजे