‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आफ्नै उत्पादनबाट घरेलु विद्युत्तको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री केपीशर्मा ओलीले

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्तको मागधान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभएको छ ।  

प्रधानमन्त्रीनिवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुलीबी हब १३२ केभी प्रसारणलाइन तथा सव स्टेशनको शनिबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्तको प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढंगले अघिबढाएको समेत बताउनुभयो ।  

‘पहिले तालमेल नमिलेरआयोजना तयार भइसक्दा प्रसारणलाइन  नहुने लाइनतयार हुँदा  वितरणगर्ने ठाउँमा सव लाइनहरु नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएकाछौं’, प्रधानमन्त्रीको भनाई थियो ।   

नेपालले करिब एक सय १० वर्ष अघि उर्जा उत्पादन सुरु गर्दै दक्षिण् एसियामै दोस्रो जल विद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानन्त्रीले उल्लेख गर्नुभयो । पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरुप हालका वर्षहरुमा जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि उहाँले बताउनुभयो ।  

हाम्रो बहुआयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाई भएको धारणा पनि प्रधानमन्त्रीको थियो ।  यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा भएको पनि प्रधानमन्त्रीले बताउनुभयो । 

अर्को प्रसंगमा प्रधानमन्त्रीले कोभिड विरुद्धका थप भ्याक्सिन आउने र त्यसबाट बञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्त हुने बताउनुभयो । ‘कोभिडसँग लड्नुुु पर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदैछौं’, उहाँको भनाई थियो । यद्यपी सबैलाई एकै पटकखोप सम्भव नहुने भन्दै उहाँले समूहगत रुपमा क्रमशः सबै जनतालाई खोप लगाइने बताउनुभयो । यति बेला कतिपय स्थानमा भएका अति वृष्टिका कारण क्षति भोग्नु परेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्र्थापनामा सरकारले ध्यान दिइरहेको बताउनुभयो । राहतका लागि सम्बद्ध स्थानमा रकम गइ सकेको र घाइतेको उपचार सरकारले नै गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो । 

समुन्द्रटार त्रिशुलीबीहब १३२ केभी प्रसारणलाइनदुप्चेश्वर गाउँपालीकामा रहेको समुन्द्रटार सवस्टेशन देखी किस्पाङ गाउँंपालीकामा रहेको त्रिशुली ३ बीहब सव स्टेशन कुल ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ । 
कुल२६ कि.मि. लामो १३२ के.भी. डबल सर्किटको यो  प्रसारणलाईनबाट समुन्द्रटार सवस्टेशनलाई काठमाण्डौं उपत्यकाको मातातीर्थ सवस्टेशनमा मात्र नभई अन्य सवस्टेशनसंग समेत जोड्ने योजना रहेको जानकारी नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिनुभयो । 
उहाँका अनुसार प्रसारणलाइबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बीहब सवस्टेशनमा प्राप्त हुने ६ सय मेगावाट. भन्दा बढी विद्युतलाई सिधै काठमाण्डौं ल्याउन ठूलो मद्दतपुग्ने छ । 
 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : ५२ बजे