सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानमन्त्री र नेता नेपालबीच फोन संवाद

काठमाडौं( प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच फोन संवाद भएको छ । उहाँहरूबीच आज दिउँसो फोन संवाद भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री ज्यू र नेता नेपालबीच आज पनि फोन संवाद भएको छ । उहाँहरूबीचको संवाद जारी छ, यसले निरन्तरता पाउने छ,’ नेम्वाङले भन्नुभयो ।

प्रधानमन्त्री र नेपालबीच बिहीबार पनि संवाद भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : १६ बजे