साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको हो ।

प्रधानमन्त्री निवासमा सुरु भएको बैठक पार्टी नेताहरुलाई सोधिएको स्पष्टीकरणलगायतका विषयमा केन्द्रित रहेको छ ।

एमाले प्रचार विभागका उपप्रमुखसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ०३ बजे