‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

घरधन्दाभ्याएर भैसीपालन, वार्षिक बाह लाख कमाइ

काठमाडौं । आफनालागि सामान्य किनमेल गर्नलाई समेत पतिमा आश्रित हुने जानुका सापकोटा यतिवेला आफै वार्षिक बाह् लाख कमाउन सफल भएकी छन् । महिलाले घरधन्दामा मात्रै सीमितनभई उद्यमशीलबनेर आयआर्जन गर्नुपर्छ भन्ने सोचेर स्वरोजगार कोषको सहयोगमा स्थानिय सम्झना सहकारीबाट १ लाख सस्तो व्याजमा ऋण लिएर शुरु गरेको भैसीपालन व्यवसायले यतिबेला मनग्गे आम्दानी गराएको छ । शुरुमा दुईवटा भैसीबाट व्यवसाय थालेकी उनीसँग अहिले ७ वटा भैसी छन् । दैनिक चालिस लिटर दूध विक्रिगर्ने उनले महिनाको एकलाख आम्दानी गर्ने गरेको सुनाईन् ।

जानुकाले भनिन्,–‘भैसीको दूध बेचेर वार्षिक बाह्लाख रुपियाँ बचत हुन्छ । मनग्गे आम्दानी भएपछि दुईवटा छोराको पढाइ खर्च, माइत–मावलजाँदाको खर्च आफै पुरयाउन सफलभएकी छु ।’ 

ललितपुरको गोदावरी आरुबोटमा करिब ७ रोपनी जग्गामा उनीहरुको भैसी पालन छ । भैसीपालनसँगै त्यसको गोबर मलले अर्गानिक तरकारी खेतीपनि गर्छिन उनी । जानुका भन्छिन्,–‘७ रोपनीजग्गामा भैसी पालनसँगै तरकारी, कुखुरा, बाख्राको पाठापनि हालेर व्यवसाय बढाउँदै गएकी छु ।’‘प्रशस्त जमिनभएर पनि युवाहरु विदेशिने गर्दछन्, नेपालमै बाख्रा, कुखुरा, गाइभैंसी जे पाल्न सकिन्छ त्यही व्यावसायिक रुपमा गर्ने तथा तरकारी लगाएर यही माटोमा मनग्गे कमाउन सकिन्छ’’ जानुकाले भनिन् । 

भाडामा जमिन लिएर,पराल, घाँस किनेर दूध विक्रीगर्दा फाइदा कम हुने जानुका बताउँछीन । ‘आफ्नै खेतबारीमा पराल, घाँस भयो भने त भैसी पालनबाट राम्रो कमाई हुन्छ ।’ उनले थपिन् ।

सरकारले किसानको लागि गरेको लगानी सही सदुपयोग भएको उनी बताउँछीन । परिवारले दुध, दही, मही खानपनि पायो, केही आम्दानी पनि भयो, अर्गानिक तरकारी खानपनि पाईयो, श्रीमानसँग पैसा माग्नपनि परेन व्यापार अझै बढ्दै गएको छ धेरै फाइदा छैन त ? उनले प्रश्न गरिन् ।

दुईवटा भैसीबाट शुरु भएको उनको व्यवसायले अहिले आत्मनिर्भर बनाएपछि परिवार नै खुसीभएको जानुका बताउँछीन् । 
 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ३ : ४५ बजे