सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले मिलाउन दोस्रो तहका नेता निर्णायक वार्तामा

काठमाडौं । नेकपा एमालेको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णायक छलफलमा जुट्नुभएको छ  । सहमतिका लागि तयार पारिएको मस्यौदामा  अध्यक्ष ओली सहमत भएपछि त्यसमा वरिष्ठ नेता माधव नेपाल सहमत गराउन एमालेका दोस्रो तहका नेताहरले निर्णयक बर्ता सुरु गरेका  हुन् । 

सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी हुनुहुन्छ भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुनुहुन्छ  ।

वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी उपमहासचिव बेदुराम भुसाल नेपालनिवास कोटेश्वर पुग्नुभएको छ  । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने बताइएको छ ।

शनिबार दिउँसो ३ बजे  बालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाएका  छ । बैठक अघि विवाद मिलाउन वार्ता सुरु भएको हो । यस अघि नै एमाले केन्द्रीय समितिले दुई दिनभित्र काग्रेंस सभापती सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्ने निर्देशन दिइएको छ ।  हस्ताक्षर फिर्ता नलिए एकता नहुने चेतावनी हिजै दिइएको थियो । 

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  २ : ०७ बजे