सुनको मूल्यमा नयाँ कीर्तिमान

कोरोना खोपमा देखिएको समस्या समाधान भयो, अब खोप लगातार आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने बताउनुहुँदै छिट्टै ठाउँठाउँमा म्याक्सिन क्याम्पेन चलाइने बताउनु भएको छ ।  

शनिबार काठमाडौं ​​​​​​मा आयोजित समुन्द्रटार त्रिशुली ३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले  खोप अभियान निरन्तर चल्ने बताउनुभयो । कार्यक्रममा उहाँले केही समय अघि खोप पाउन समस्या भए पनि निरन्तरको प्रयास र मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताउनुभयो ।
‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ उहाँले भन्नुभयो, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’

प्रधानमन्त्री ओलीले खोपको शुनिश्चिता गरिएपनि खोप भण्डार तथा लगाउने तयारी कमजोर रहेकाले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने बताउनुभयो । ‘हामी जतिसक्दो चाँडो सबै नागरिकहरुलाई खोप लगाउने छौ’प्रधानमन्त्रीको भनाई थियो । 
सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै प्रधानमन्त्री ओलीले खोप आउन थालेपछि थप सुरक्षित हुने बताउनुभयो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : १५ बजे